रामेछापको मन्थली नगरपालिकाको मतगणना सुरु

  • प्रकाशित मिति: शनिबार, बैशाख ३१ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको मतगणना सुरु भएको छ । १४ वटा वडा रहेको नगरपालिकाको अहिले वडा नं १ मन्थली र वडा नं १४ फुलासीको मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत डा.दीवाकर भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा वडाको दुई ठाउँबाट मत गन्ने व्यवस्था मिलाइएको छ । मतगणनाा सुरु भएको वडा नं १ मन्थलीमा एक हजार ८२९ र वडा नं १४ फुलासीमा एक हजार ६३३ मत खसेको छ । मन्थली नगरपालिका भरी २५ हजार ७०१ मत खसेको छ ।