रामेछाप । नेकपा एमालेले मन्थली नगरपालिका वडा नं ९ पुरानागाउँमा आइतबार बृहत चुनावी सभा गर्दै छ । आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी एमालेले पुरानागाउँमा बृहत चुनावी सभा गर्न लागेको हो । एमाले मन्थली नगरपालिका ९ नम्बर वडा कमिटीको आयोजनामा हुने सभामा एमाले केन्द्रीय सदस्य माधव ढुंगेल, एमाले रामेछापका चर्चित युवा नेता एमाले वाग्मती प्रदेश सदस्य रत्न प्रसाद गौतम, जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ लगायतका नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।
सभामा नेकपा एमालेबाट मन्थली नगरपालिकाको मेयर पदका उम्मेदवार लब श्रेष्ठ, उपमेयरका उम्मेदवार ईश्वरी बस्नेत र पुरानागाउँको वडा अध्यक्षका उम्मेदवार गोकर्णराज आरणले आआफ्नो प्रतिबद्धताहरु राख्ने एमाले मन्थली नगरपालिका ९ नम्बर वडा कमिटी पुरानागाउँका सचिव राजन बुढाथोकीले जानकारी दिनुभयो ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले वडा अध्यक्ष सहित सवै सदस्य जितेको पुरानागाउँमा यो पटक जसरी पजि जित निकाल्ने रणनीतिका साथ एमाले लागेको छ । पार्टीहरुको घरदैलो कार्यक्रमलाई हेर्दा पुरानागउँमा मुख्यगरी नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबिच कडा प्रतिस्पर्धा हुने देखिन्छ । पुरानागाउँको वडा अध्यक्षका लागि काँग्रेसले यसअघि निर्वाचित वडा अध्यक्ष बुद्धीबहादुर पुलामी मगरलाई मैदान उतारेको छ भने एमालले वडा कमिटीका अध्यक्ष पुराना नेता गोकर्णराज आरणलाई मैदानमा ल्याउँदा माओवादी केन्द्रले युवा पीडिमा रुचाइएका नेता मैतसिं योञ्जनलाई चुनावी मैदनामा उतारेको छ ।
पुरानागाउँमा एमालेले आज बृहत चुनावी सभा गर्दै, माधव ढुंगले, रत्न गौतम लगायतका नेताले सम्बोधन गर्ने
- प्रकाशित मिति: शनिबार, बैशाख २४ २०७९
- तामाकोशी