रामेछाप । जिल्लाको खाडाँदेवी गाउँपालिकाको विकास गर्न नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धनले संयुक्त प्रतिबद्धता पत्र सार्वजनीक गरेको छ । काँग्रेस र माओवादी केन्द्रको गठबन्धन भएको खाँडादेवी गाउँपालिकाको अध्यक्षमा काँग्रेसबाट नवराज थोकर र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट मानबहादुर तामाङ उम्मेदवार बन्नुभएको छ ।
काँग्रेस र माओवादी केन्द्र गठबन्धनले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा युवा नेतृत्वमा भएको उर्जालाई गाउँपालिकाको विकासमा प्रयोग गर्ने, गाउँपालिकामा एउटा सुविधा सम्पन्न अस्पताल निर्माण गरी सञ्चालन गर्ने, निर्वाचन जितेपछि पाउँने सम्पूर्ण सेवा सुविधा र तलब जनता र गाउँपालिका विकासमा खर्च गर्ने उल्लेख गरिएको छ । त्यसैगरी, गाउँपालिकामा एमाले नेतृत्वको पालिका सरकारले गरेको भ्रष्टचार, अनियमितता, एकलौटी र मनपरीतन्त्र रोक्ने, विकास निर्माणको काममा विभिन्न समितिको नाममा भैरहेको कमिसनतन्त्रलाई समाप्त गरी पालिका स्तरबाटै गाउँगाउँमा विकास पुर्याउने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
शिक्षालाई आधुनिकीकरण गर्दै अनिबार्य ब्यबहारिक, ब्यबसायिक र रोजगार मुलक शिक्षा नीति ल्याई गाउँका विद्यिार्थीहरुलाई गाउँमै पढ्न सक्ने व्यवस्था गर्ने, एक गाउँ एक उत्पादन कार्यक्रम सञ्चालन गरी उत्पादित बस्तुलाई बजारसम्म पर्याउने र किसानलाई आर्थिक रुपमा सबल बनाउने काँग्रेस माओवादी गठबन्धनको संयुक्त प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । सुनकोसी नदीको पानीलाई लिफ्टिङ गरी गाउँपालिकाभित्रका बाँझो जमिनमा तरकारी तथा नगदेबाली उत्पादन गर्ने, गाउँपालिका भित्रका सडकहरु आगामी ५ वर्षभित्र कालोपत्र गर्ने, आधारभूत स्वास्थ्य सेवा र औषधी निशुल्क गर्ने लगायतका १४ बँुदे प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।
काँग्रेस र माओवादी केन्द्रको संयुक्त प्रतिबद्धता पत्र
