२०७४ सालको स्थानीय तहको निर्वाचनमा रामेछाप नगरपालिकामा नेपाली काँग्रेसले मेयर र उपमेयर जितेको थियो । नेकपा एमालेबाट मेयरका उम्मेदवार रोशन पाख्रिन त्यतिबेला झिनो मतान्तरले पराजित भएका थिए । काँग्रेसका नरबहादुर थापामगर विजयी भएका थिए ।
देश संघिय शासन प्रणालीमा गएपछिको पहिलो स्थानीय निर्वाचन भएकाले नागरिकका चाहना असिमित थिए । तर, विजयी बनेका उम्मेदवारले देखिने गरी काम गर्न सकेनन् । जसका कारण रामेछाप नगरपालिकाका नागरिक र मतदाता अपेक्षाकृत आशावादी देखिएनन् ।
अब, रामेछापका नगरका नागरिकले यसपटक भने विकल्प खोज्ने संकेत गरिसकेका छन् । बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । एमालेले पुनः रोशन पाख्रिनलाई नै मेयरको उम्मेदवारका रुपमा उभ्याएको छ भने काँग्रेसबाट लबश्री न्यौपाने र माओवादी–समाजवादी गठबन्धनबाट नरेशबाबु श्रेष्ठ उम्मेदवार छन् ।
एमालेबाट रामेछाप नगरपालिकाको मेयरका उम्मेदवार रोशन पाख्रिन र उपमेयर पदकी उम्मेदवार सीता खत्री अहिले जगरका ९ वटै वडाको घरदैलोमा छन् ।
एमाले रामेछाप नगर कमिटीले बुधबार रामेछाप नगरपालिका वडा नं ३ साँघुटारमा घरदैलो तथा कोणसभा कार्यक्रम गरेको छ । कार्यक्रममा एमालेबाट नगर प्रमुखका उम्मेदवार रोशन पाख्रीनले नगरभित्र शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, रोजगारी, पर्यटन र भौतिक पूर्वाधार तथा सामाजिक विकासका कुराहरु उठाएका छन् । उम्मेदवारका रुपमा चयन भएदेखि नै रामेछाप नगरका मतदाताले ५ वर्षमा आफूहरुको चाहना अनुसारको काम नभएको भन्दै रोशनबाट धेरै आशा गरिएको बताउन थालिसकेका थिए ।
अहिले घरदैलोमा पुग्दा नगरका युवा, विद्यार्थी, महिला, प्रौढ र वृद्धवृद्धाहरुको एउटै आवाज आउँछ, ‘तपाईले हारेर पनि रामेछाप जिल्ला अस्पताललाई नमूना बनाएर देखाईदिनु भयो, जितेकाहरुले ५ वर्षमा खोई के गरे रु अब तपाईसँगै आशा छ, तपाईलाई एका मौका दिन्छौँ, राम्रो गर्नु ।’
यसबाट रोशन पाख्रिन भावुकसहित उत्साहित पनि छन् । आफू मेयरमा पराजित भएपनि राम्रो काम गरेर नागरिकको मनमा बस्न सफल भएको रहेछु भन्ने उनलाई लागेको छ । त्यसैले रामेछापको मेयर भएर नगरबासीको मनबाट कहिल्यै हट्न नपर्ने गरी काम गरेर देखाउन मन छ उनलाई ।