रामेछाप । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मन्थली नगरपालिकामा एमालेका उम्मेदवारहरु विभिन्न प्रतिवद्धता सहित चुनानावी घरदैलो कार्यक्रममा व्यस्त छन् । चुनावी एजेण्डा लिएर घरदैलो गरिरहेका उम्मेदवारले आफ्नो पक्षमा मतदान गर्न आग्रह सहित विजय प्राप्तिका लागि मतदातासँग आशीर्वाद लिइरहेका छन् । चुनाव आउन अब ९ दिन मात्रै बाँकी रहदा एमालेबाट मन्थली नगरपालिकाको मेयरका उम्मेदवार लब श्रेष्ठ र उपमेयरका उम्मेदवार ईश्वरी बस्नेत मतदाताको असन्तुष्टी सुन्दै उनीहरुको चाहना अनुसार काम गर्ने प्रतिबद्धता सहित जनताको घरघर पुग्नुभएको छ । मेयर उपमेयरका उम्मेदवार सहित मन्थली नगरपालिकाको सवै वडाका वडाध्यक्ष र सदस्यका उम्मेदावरहरु चुनानावी घरदैलो तथा कोणसभा जस्ता कार्यक्रममा व्यस्त छन् । एमालेले बुधबार मन्थली नगरपालिका वडा नं ११ र १२ मा घरदैलो तथा कोणसभा कार्यक्रम गरेको छ । कार्यक्रममा एमालेबाट नगर प्रमुखका उम्मेदवार लब श्रेष्ठले नगरभित्र शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, रोजगारी, पर्यटन र भौतिक पूर्वाधार तथा सामाजिक विकासका लागि आफ्नो प्यानललाई नै मतदान गरी जिताउन मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।
मन्थली नगरपालिकामा एमालेको घरदैलो कार्यक्रम : मतदाताको आशिर्वादले उम्मेदवार उत्साहित
- प्रकाशित मिति: बुधबार, बैशाख २१ २०७९
- तामाकोशी