रामेछाप । नेकपा एमाले सुनापति गाउँपालिकाले चुनावी अभियानलाई तीव्रता दिएको छ । गाउँपालिका अध्यक्षका उम्मेदवार ज्ञानकुमार योञ्जन सहित पालिका भरीका टोल टोलमा पुगेर घरदैलो कार्यक्रम जारी राखिएको सुनापति एमालेले जनाएको छ । घरदैलो कार्यक्रमकै क्रममा आज मंगलबार सुनापति वडा नम्बर ३ हिलेदेवी डाडाटोलमा २५ जना व्यक्तिहरु एमाले प्रवेश गरेका छन् । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र छोडेर २५ जना एमाले प्रवेश गरेको सुनापतिबाट एमालेका युवा नेता सुमन थिङले जानकारी दिएका छन् । एमाले प्रवेश गर्नेहरुमा सुकलाल योञ्जन, बाबुलाल योञ्जन, निर्मल तामाङ, असली तामाङ, बिमला तामा¥, सीता तामाङ, साइला योञ्जन लगायत छन् ।