रामेछाप । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि रामेछापको मन्थली नगरपालिकामा एमालेको तर्फबाट मेयर पदमा उम्मेदवार बनेका लब श्रेष्ठ र उपमेयरका उम्मेदवार इश्वरी बस्नेत नगर भरीका वडामा चुनावी अभियानमा व्यस्त भएका छन् । सोमबार वडा नं ६ भलुवाजोरमा घरदैलो अभियान सहित चुनावी सभा गरेको एमालेले आज मंगलबार वडा नम्बर १० चनखु र वडा नम्बर १४ फुलासीमा घरदैलो गरेको छ । एमालेबाट नगर प्रमुखका उम्मेदवार लब श्रेष्ठले मन्थली नगरपालिकाको विकास, यहाँका ऐतिहासिक तथा पूरातात्विक सम्पदाको संरक्षण, विश्व स्तरीय सञ्चार प्रविधिमार्फत काममा सहजता लगायतका कामका लागि आफ्नो प्यानललाई नै मतदान गरी जिताउन मतदाताहरुलाई आग्रह गर्दै आएका छन् । सबै वडामा घरमै बसीबसी बिजुलीको शुल्क, खानेपानीको पहुँच पुगेका ठाउँहरुमा खानेपानीको शुल्क, जग्गाको तिरो लगायतका सेवा शुल्क तिर्न सक्ने वातावरण बनाउने र तत्कालका लागि कम्तीमा वडाबाट यो सेवाको सुरुवात गर्ने लक्ष्य रहेको श्रेष्ठले बताएका छन् ।
बिजुलीको पैसा र जग्गाको तिरो तिर्न मन्थली झर्नु पर्दैन : लब श्रेष्ठ
- प्रकाशित मिति: मंगलबार, बैशाख २० २०७९
- तामाकोशी