रामेछाप । नेकपा एमालेको तफृबाट मन्थली नगरपालिका वडा नम्बर १२ को वडाध्यक्षमा उम्मेदवार बनेका खुशहरि बुढाथोकीले निर्वाचित भएपछि वडाध्यक्षले पाउने सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् । उनले महत्वपूर्ण २ घोषणा गर्दै सरकारी सेवा सुविधा व्यक्तिगत रुपमा लिएर खर्च नगर्ने भन्दै उनले त्यो रकम वडा १२ का निम्न आय भएका गरिब घर परिवारको आर्थिक उन्नतिको लागि व्यवसायमा खर्च गर्ने उल्लेख गरेका छन् । त्यस्तै उनले घरभाडा खर्च पनि आफ्नो परिवारले नलिने घोषणा गरेका छन् । उनले घर भाडा वापत प्राप्त हुने रकम रकम वडा नं. १२ को शैक्षिक विकासको लागि विद्याथीै र विद्यालयमा खर्च गर्ने बताएका छन् ।
सरकारी सेवा सुविधा नलिने वडाध्यक्षका उम्मेदवार खुशहरि बुढाथोकीको घोषणा
- प्रकाशित मिति: शुक्रबार, बैशाख १६ २०७९
- तामाकोशी