रामेछापमा निर्वाचन प्रचार डेक्स स्थापना

  • प्रकाशित मिति: आइतबार, बैशाख ११ २०७९
  • तामाकोशी

रामेछाप । चुनावी गतिविधिको सूचना र समाचार नागरिक समक्ष पु¥याउन रामेछापमा प्रचार डेक्सको स्थापना भएको छ । प्रेस चौतारी नेपालले नेकपा एमाले प्रचार तथा प्रकाशन विभागसँगको सहकार्यमा डेक्स स्थापना गरेको हो । प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षता तथा नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठको प्रमुख आतिथ्ययतामा आइतबार डेक्सको उद्घाटन गरिएको हो । नेकपा एमालेको चुनावी अभियान तथा निर्वाचन परिणामसम्मको जानकारी दिन डेक्स स्थापना गरिएको प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिनुभयो । पार्टीको चुनावी अभियानको सुव्यवस्थित सूचना नागरिक समक्ष पु¥याउन डेक्सले भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले चुनावको बेला जस्ताकोतस्तै सूचना नागरिक समक्ष पु¥याइदिन पनि आग्रह गर्नुभयो । कार्यक्रममा एमाले रामेछापका सचिव पुरुषोत्तम कडरिया, उपसचिव प्रकाशकुमार कार्की तथा प्रेस चौतारी नेपाल रामेछाप आबद्ध पत्रकारको सहभागिता रहेको थियो ।