रामेछाप । नेकपा एमाले रामेछापले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सबै पालिकाका उम्मेदवार तय गरेको छ । २ नगरपालिका र ६ गाउँपालिका गरी ८ स्थानीय तह रहेको रामेछापमा एमालेले प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको हो । एमालेले जिल्ला सदरमुकामसमेत रहेको मन्थली नगरपालिकाको मेयरमा लव श्रेष्ठ र उपमेयरमा ईश्वरी बस्नेतलाई उम्मेदवार बनाएको छ । त्यस्तै रामेछाप नगरपालिकाको नगर प्रमुखमा रोशन पाख्रिन र उपप्रमुखमा सीता खत्री सर्वसम्मत उम्मेदवार बनेका छन् । खाँडादेवी गाउँपालिकाको अध्यक्षमा ज्ञानकुमार श्रेष्ठ र उपाध्यक्षमा रमा घिसिङ, सुनापति गाउँपालिकाको अध्यक्षमा ज्ञानकुमार योञ्जन र उपाध्यक्षमा रीता गौतम सर्वसम्मत चयन भएका छन् । लिखु तामाकोशी गाउँपालिकाको अध्यक्षमा कमल कँडेरिया र उपाध्यक्षमा दीपा पाख्रिन, उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा शेरबहादुर सुनुवार र उपाध्यक्षमा गंगा कार्की, गोकुलगंगा गाउँपालिकाको अध्यक्षमा खड्गबहादुर सुनुवार र उपाध्यक्षमा राधिका श्रेष्ठ सर्वसम्मत उम्मेदवार चयन भएका छन् । दोरम्बा गाउँपालिकाको अध्यक्षमा टंक चौलागाईलाई सर्वसम्मत उम्मेदवार चयन छन् भने उपाध्यक्षको टुंगो लाग्न बाँकी छ । एमालेले उमाकुण्ड र गोकुलगंगा गाउँपालिकामा यसअघि निर्वाचितलाई उम्मेदवार बनाएको हो ।
एमालेले रामेछापका सवै पालिका प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगायो (कुन पालिकामा को )
- प्रकाशित मिति: आइतबार, बैशाख ११ २०७९
- तामाकोशी