मन्थली नगरपालिका १ का वडाध्यक्ष नारायणदास श्रेष्ठ एमाले प्रवेश

  • प्रकाशित मिति: शनिबार, बैशाख १० २०७९
  • तामाकोशी

रामेछाप । मन्थली नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष नारायणदास श्रेष्ठ एमाले प्रवेश गर्नुभएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित हुनुभएका श्रेष्ठ शनिबार एमाले प्रवेश गर्नुभएको हो । स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनय दर्ता गराउने अघिल्लो दिन उहाँलाई एमाले केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज कैलाश प्रसाद ढुंगेलले एमालेमा भित्र्याउनुभएको हो । वडाध्यक्ष श्रेष्ठसँगै दर्जनौ युवा एमाले प्रवेश गरेका छन् ।