एमालेबाट मन्थली नगरपालिकाको प्रमुखमा लवकुमार श्रेष्ठ सर्वसम्मत उम्मेदवार

  • प्रकाशित मिति: शुक्रबार, बैशाख ९ २०७९
  • तामाकोशी

रामेछाप । नेकपा एमाले रामेछापले जिल्लाको सवैभन्दा ठुलो पालिका मन्थली नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार सर्वसम्मत रुपमा चयन गरेको छ । एमाले रामेछापले दुई नगरपालिका र ६ वटा गाउँपालिकाको केन्द्र समेत रहेको मन्थली नगरपालिकाको प्रमुखमा लवकुमार श्रेष्ठ र उपप्रमुखमा इश्वरी बस्नेतलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो । २०७४ सालको स्थानीय तह निर्वाचनमा १४ वटा वडा रहेको मन्थली नगरपालिकामा प्रमुख र उप्रमुख एमालले जितेको थियो ।