रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ । यही वैशाख ११ गतेबाट लागुहुने गरी अध्यक्ष तामाङले उपाध्यक्षलाई शुक्रबार राजीनामा पत्र बुझाउनुभएको छ । अध्यक्ष तामाङले निर्वाचन आचारसंहिता २०७८ को परिच्छेद ९ को बुँदा नं ३६ भएको व्यवस्था अनुसार वैशाख ११ गते आइतबारदेखि लागु हुने गरी गाउँपालिकाको अध्यक्षबाट राजीनामा दिएको बताउनुभयो । अध्यक्ष तामाङले पुनः पालिका अध्यक्ष बन्न स्वतन्त्रबाट भनेपनि उम्मेदवारी दिन सक्ने समेत बताउनुभयो । एमाले खाँडादेवी गाउँ कमिटीबाट अध्यक्षको लागि पार्टीको प्रदेश कमिटीमा नाम सिफारिस भएपनि टिकट पाउने सम्भावना न्युन बनेसँगै उहाँले अध्यक्षबाट राजिनामा दिएर स्वतन्त्रबाट उम्मेदवारी दिने तयारी गर्नुभएको बताइएको छ ।
