मन्थली नगरपालिका–२ को वडाध्यक्षमा एमालेबाट सुरेन्द्र कार्की सर्वसम्मत उम्मेदवार

  • प्रकाशित मिति: बिहिबार, बैशाख ८ २०७९
  • तामाकोशी

रामेछाप । नेकपा एमालेले जिल्लाको मन्थली नगरपालिका वडा नं २ मा वडा अध्यक्षको उम्मेदवार सर्वसम्मत रुपमा चयन गरेको छ । वडा कमिटीको विहीबार बसेको बैठकले वडा अध्यक्षको उम्मेदवारमा सुरेन्द्र कार्कीलाई सर्वसम्मत चयन गरेको हो । लामो समयदेखि राजनीतिक सँगै समाजसेवामा समेत क्रियाशील कार्की युवा संघ नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ । २०७४ सालको स्थानीय निर्वाचनमा यो वडाको अध्यक्ष नेपाली काँग्रेसले जितेको थियो ।