रामेछाप । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा रामेछापबाट २४ दलले भाग लिने भएका छन् । रामेछापमा राष्ट्रिय मान्यता प्राप्त ६ दल र अन्य १८ दलसहित २४ दलले निर्वाचनमा भाग लिने जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकारी मधुकरकुमार शाहाले बताउनुभयो ।
वैशाख ३० गते हुने निर्वाचनका लागि मान्यता पाएका सवै राजनीतिक दलहरुलाई वैशाख १७ गते निर्वाचन चिन्ह प्रदान गरिने उहाँले बताउनुभयो ।
रामेछापका निर्वाचन अधिकारी शाहाले वैशाख ८ गते बिहीबार जिल्ला मालपोत कार्यालयमा मन्थली नगरपालिका र मुख्य निर्वाचन अधिकृतको कार्यालय खोल्ने र सोही दिन अन्य ७ वटा पालिकाहरुमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालन गरिने बताउनुभयो ।
निर्वाचनका लागि निर्वाचन कार्यालयले बैशाख ११ र १२ गते मनोनयन दर्ताको समय तोकेको छ ।
रामेछापबाट २४ दलले निर्वाचनमा भाग लिने : वैशाख १७ गते निर्वाचन चिन्ह प्रदान गरिने
- प्रकाशित मिति: बुधबार, बैशाख ७ २०७९
- तामाकोशी