अहिले एमालेको सबै ध्यान स्थानीय तह निर्वाचनमा केन्द्रित छ : गीता कार्की

  • प्रकाशित मिति: बुधबार, चैत्र ३० २०७८
  • तामाकोशी

रामेछाप । नेकपा एमाले केन्द्रीय सदस्य गीता कार्कीले अहिले नेकपा एमालेको सबै ध्यान स्थानीय तह निर्वाचनमा केन्द्रित भएको बताउनुभएको छ । नेकपा एमाले मन्थली नगर कमिटी रामेछापको चौथो पूर्ण बैठकलाई बुधबार सम्बोधन गर्दै नेता कार्कीले अबको अर्जुन दृष्टि वैशाख ३० मा सोझिएको बताउनुभयो । देशको विकास र स्वाधीनताको रक्षाका लागि आउने निर्वाचन एमालेले जित्नै पर्ने उहाँले बताउनुभयो । यसको लागि एक भएर निर्वाचनमा लाग्न उहाँले नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । अहिले टिकट कसले पाउने भन्दा पनि पार्टीलाई कसरी बचाउने र पार्टीको उम्मेदवारलाई कसरी जिताउने भन्नेमा सबैको ध्यान जानुपर्नेमा कार्कीले जाड दिनुभयो । पार्टीका सबैभन्दा योग्य व्यक्ति उम्मेदवार छानिने उहाँले प्रष्ट पार्नुभयो । उहाँले एमालेको पक्षमा ठुलो जनमत बनेकोले आउने निर्वाचनमा एमालेलाई कसैले हराउन नसक्ने उहाँले बताउनुभयो । यसको लागि एमाले एक भएर अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।