मन्थली नगरपालिका–११ को वडाध्यक्षमा एमालेबाट कृष्णबहादुर पुलामी सर्वसम्मत उम्मेदवार

  • प्रकाशित मिति: सोमबार, चैत्र २८ २०७८
  • तामाकोशी

रामेछाप । नेकपा एमालेले जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ११ गेलुमा वडाध्यक्षको उम्मेदवार सर्वसम्मत रुपमा चयन गरेको छ । वडा कमिटीको सोमबार बसेको भेलाले वडाध्यक्षको उम्मेदवारमा कृष्णबहादुर पुलामी (भुपाल) लाई सर्वसम्मत चयन गरेको हो । लामो समयदेखि समाजसेवामा क्रियाशील पुलामीले विभिन्न सामाजिक संघ संस्थाको सफल नेतृत्व गरिसक्नुभएको छ । सालिन स्वभावका पुलामीलाई जनप्रतिनिधिको रुपमा काम गर्ने अवसर प्रदान गर्ने उदेश्यले वडाबासीको चाहना अनुसार सर्वसम्मत रुपमा वडाध्यक्षको उम्मेदवारमा चयन गरिएको एमाले मन्थली नगरपालिका वडा नं ११ का इन्चार्ज तथा जिल्ला कमिटी सदस्य सिताराम लोहारले बताउनुभयो । २०७४ सालको स्थानीय निर्वाचनमा यो वडाको अध्यक्ष नेकपा माओवादी केन्द्रले जितेको थियो ।