दोरम्बा सैलुङ गाउँपालिकाको अध्यक्षका लागि माओवादीबाट १५ जनाको दाबी

  • प्रकाशित मिति: आइतबार, चैत्र २७ २०७८
  • तामाकोशी

रामेछाप । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा रामेछापको दोरम्बा सैलुङमा अध्यक्षका लागि माओवादी केन्द्रबाट १५ जनाले दाबी गरेका छन् । वर्तमान पालिका अध्यक्ष कमानसिंह तामाङसहित १५ जनाले दाबी गरेका हुन् । यस्तै उपाध्यक्षका लागि ३ जनाले दाबी गरेको दोरम्बा सैलुङ गाउँ पार्टी उपाध्यक्ष चन्द्रबहादुर मगर टलकले बताउनुभयो । अध्यक्षको दाबी गर्नेहरूमा कुमारी गौतम, मैन कुमार मोक्तान (मदन), कमान सिंह तामाङ, यसु चौलागाँई, हिरा बहादुर श्रेष्ठ, तिलक थापा मगर, कृशला घिसिङ, अम्बिका प्रसाद गजुरेल, रेम बहादुर थापा मगर, चन्द्र बहादुर मगर ‘टलक’ नेत्र मोक्तान (सचेत), धनदेवी श्रेष्ठ (सपना), फिरोज श्रेष्ठ, कर्म सिंह तामाङ, चित्तलाल श्रेष्ठ रहनुभएको छ । त्यस्तै उपाध्यक्ष पदका लागि विर्खा बहादुर रजान मगर (उदय), रिता महते र भीम बहादुर थापा मगरले दाबी गर्नुभएको छ ।
पार्टी भित्र १८ जना उम्मेदवारबीच सर्वसम्मत हुन नसेको अवस्थामा माथिल्लो कमिटीमा सिफारिस गरिने गाउँपालिकाका पार्टी सचिव सचिव तिलक थापामगरले बताउनुभयो । २०७४ को स्थानीय चुनावमा माओवादी केन्द्रको नेतृत्व बहुमतसहित विजयी भएको थियो । गाउँपालिकामा कमान सिंह तामाङले ४ हजार २४१ मत ल्याउँदा कृशला फिसिङले ४ हजार ३८९ मत ल्याइ विजयी हुनुभएको थियो ।