उदयपुरमा विद्यालय हिँडेकी कविता सुनुवारको हत्या

  • प्रकाशित मिति: मंगलबार, चैत्र २२ २०७८
  • तामाकोशी

रामेछापं । उदयपुरको बेलका नगरपालिका–३ उदयपुरस्थित कोशी जनता माध्यमिक विद्यालयमा अध्ययनरत कविता सुनुवारको हत्या भएको छ । १० कक्षामा अध्ययनरत् सुनुवारको मंगलबार बिहान अतिरिक्त कक्षा (कोचिङ) पढ्न घरबाट विद्यालय जाने क्रममा सोही नगरपालिकाको यसोदा खोलामा हत्या भएको बेलका नरपालिकाका १ का वडाध्यक्ष दिनेश्वर चौधरीले बताउनुभयो । उहाँका अनुसार गाउँबाट विद्यालय पुग्नेसम्म बाटोमा कुनै बस्ती छैन । यसैबीच विद्यालय विज्ञप्ति निकालेर घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ ।