एक्लै चुनाव लड्न माओवादी केन्द्रलाई काँग्रेस रामेछापका उपसभापति कार्कीको चुनौती

  • प्रकाशित मिति: आइतबार, चैत्र २० २०७८
  • तामाकोशी

रामेछाप । नेपाली काँग्रेस रामेछापका जिल्ला उपसभापति लेखबहादुर कार्कीले नेकपा माओवादी केन्द्रसँग गठबन्धन गर्ने कुरा स्वीकार गर्न नसकिने बताउनुभएको छ । आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उपसभापति कार्कीले माओवादी केन्द्रले काँग्रेससँग भएको सम्झौता उलङ्घन गरेको आरोप समेत लगाउनुभएको छ । ‘स्थानीय निर्वाचन’ भन्ने शब्द कतै उल्लेख नगरी उपसभापति कार्कीले फेसबुकमा यस्तो स्टाटस लेख्नुभएको हो । उहाँले मन्थली माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा माओवादीहरुले धोका दिएको पनि बताउनुभएको छ । माओवादीहरुका नक्कली कुराहरुमा विश्वास गर्ने अवस्था नभएको र आँट भए एक्लै लड्न माओवादी केन्द्रलाई चुनौती समेत दिनुभएको छ ।