नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एटिएम सेवा सञ्चालन

  • प्रकाशित मिति: आइतबार, चैत्र २० २०७८
  • तामाकोशी

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एटिएम सेवा सञ्चालनमा ल्याएको छ । नवजागरणले रामेछाप जिल्लामा सञ्चालित सहकारी संस्थाहरुमध्ये पहिलो पटक एटिएम सञ्चालनमा ल्याएको हो । ६५ औं राष्टिय सहकारी दिवसको अवसरमा मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले मन्थली बसपार्कमा आइतबार उक्त एटिएम मेशिन उद्घाटन र्गुभएको छ । एटिएम मेशिन उद्घाटन कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडी, नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष श्याम थापा लगायतको सहभागिता रहेको थियो । सहकारी क्षेत्रमा नयाँ प्रविधि भित्र्याउदै आफ्ना सदस्यहरुलाई सेवा प्रवाह गर्दै आएको नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अहिले ७ हजार ४३७ जना शेयर सदस्य छन् । सहकारीले अहिले जिल्लाको मन्थली नगरपालिका वडा नं १ देखि वडा नं ८ सम्म , रामेछाप नगरपालिकाको वडा नं ८ र ९, खाँडादेवी गाउँपालिकाको वडा नं ४ र ५ र लिखुतामाकोसी गाउँपालिकाको वडा नं ३, ५ र ७ लाई कार्यक्षेत्र बनाएर काम गरिरहेको छ ।