रामेछापका २२ हजार बढीले कोरोना विरुद्धको बुस्टर डोज खोप लगाए

  • प्रकाशित मिति: आइतबार, चैत्र १३ २०७८
  • तामाकोशी

रामेछाप । रामेछापका २२ हजार भन्दा बढी नागरिकले कोरोना भाइरस कोभिड–१९ विरुको बुस्टर डोज खोप लगाएका छन् । जिल्लामा अहिलेसम्म २२ हजार नौँ जनाले कोरोना विरुद्धको तेस्रो मात्रा (बुस्टर डोज) खोप लगाएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताउनभयो । उहाँका अनुसार जिल्लाको दुई नगरपालिका र ६ वटा गाउँपालिकामा गरि हालसम्म एक लाख १३ हजार २७१ जनाले पहिलो मात्रा खोप लगाएका छन् । जसमध्ये हालसम्म एक लाख १५ हजार ४१७ जनाले जोनसोन एण्ड जोनसन सहित दोस्रोमात्रा कोरोना विरुद्धको खोप लगाएको जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो । स्वास्थ्य कार्यालय रामेछापका अनुसार अहिले रामेछापमा कोरोना संक्रमितको सङ्ख्या शून्य छ ।