रामेछाप । रामेछापको रामेछाप नगरपालिका वडा नं ७ रजयछाँपमा आगलागी हुँदा आठ घर जलेर नष्ट भएको छ । शनिबार दिउँसोबाट लागेको आगोले रजयछाँपका भिमलाल श्रेष्ठ, दलबहादुर मगर, ठेतबहादुर मगर, चित्रबहादुर मगर, इश्वरीलाल श्रेष्ठ, घनबहादुर श्रेष्ठ, शंकरकुमार श्रेष्ठ र प्रेमबहादुर श्रेष्ठको घर जलेर नष्ट भएको नेकपा एमाले रामेछाप नगर कमिटीका अध्यक्ष रोशन पाख्रीनले जानकारी दिनुभएको छ । उहाँका अनुसार विद्युत सर्ट भएर एक घरबाट सुरु भएको आगलागीबाट ८ वटा घर जलेर नष्ट भएका छन् भने आगो लाग्ने क्रम जारी रहेकाले अन्य घरहरुमा पनि जोखिममा परेका छन् । अहिले प्रहरी,सेना र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको भएपनि हुरी चलिरहेकाले आगो नियन्त्रणमा लिन निकै समस्या भएको पाख्रीनको भनाइ छ ।
रामेछाप नगरपालिकाको रजयछाँपमा आगलागी हुँदा ८ घर जलेर नष्ट
- प्रकाशित मिति: शनिबार, चैत्र १२ २०७८
- तामाकोशी