रामेछाप । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रामेछापमा म्यादी प्रहरी बन्न विहीबारसम्म एक हजार ५२३ जनाले आवेदन दिएका छन् । निर्वाचन सम्पन्न गर्नका लागि रामेछाप जिल्लाबाट ७८४ जना म्यादी प्रहरीका लागि आवेदन माग भएकोमा विहीबारसम्म दोब्बर भन्दा बढीको आवेदन परेको रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार थिङले बताउनुभयो । उहाँका अनुसार एक हजार १८० जना पुरुष र ३४३ जना महिलाले म्यादी प्रहरीका लागि आवेदन दिएका छन् । प्रहरी प्रधान कार्यालयका निर्देशन अुनसार आवेदन लिएर चैत्र १३ गतेबाट भर्ना छनोट गरी २२ गते अन्तिम नतिजा सार्वजनिक गरेर २८ गतेबाट तालिम सुरु गरिने उहाँले बताउनुभयो । म्यादी प्रहरीले ४३ हजार ४४० रुपैयाँ एकमुष्ट तलब भक्ता पाउने छन् ।
म्यादी प्रहरीका लागि रामेछापमा १५ सय भन्दा बढीको आवेदन
- प्रकाशित मिति: शुक्रबार, चैत्र ११ २०७८
- तामाकोशी