रामेछाप । रामेछापको मन्थली नगरपालिकाले प्रविधि हस्तान्तरण कार्यक्रम मार्फत किसनलाई विभिन्न सामाग्री हस्तान्तरण गरेको छ । नगरपालिकाभित्र व्यावसायिक तरकारी खेती,बाख्रा पालन र वंगुर पालन गरिरहेका उद्यमिहरूलाई मन्थली नगरपालीकाले शुक्रबार विभिन्न सामाग्री हस्तान्तरण गरेको हो । शुक्रबार मन्थली नगरपालिकाको कार्यालयमा नगरपालिका उपप्रमुख मायाकुमारी कार्कीले किसानहरुलाई सामाग्री हस्तान्तरण गर्नुभएको छ । नगरपालिकाले प्रविधि हस्तान्तरण कार्यक्रम मार्फत व्यवसायिक तरकारी खेती गरिरहेका १५ जना, वंगुर पालन गरिरहेका २२ जना, बाख्रा पालन गरिरहेका ३४ जना किसानलाई ५६ बण्डल जस्ता, १५ थान प्लाष्टिक टनेल वितरण गरेको छ । त्यसैगरी ६ वटा कृषक समुहलाई विषादी छिट्ने स्प्रे ६ थान, १० थान हिलट्याङक र ३५ बोलो सिमेन्ट हस्तान्तरण गरेको हो ।
प्रविधि हस्तान्तरण कार्यक्रम मार्फत किसानलाई विभिन्न सामाग्री
- प्रकाशित मिति: शुक्रबार, चैत्र ११ २०७८
- तामाकोशी