रामेछाप । नेकपा एमाले मन्थली नगरपालिका ८ नं वडा कमिटी चिसापनीको विस्तारित बैठक बुधबार सम्पन्न भएको छ । वडा कमिटीका अध्यक्ष भुवनकुमार श्रेष्ठको अध्यक्षता र बागमती प्रदेश कमिटीका सदस्य लवकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । बगमती प्रदेश कमिटी सदस्य गोपाल श्रेष्ठ, ध्रुवकुमार कार्की, मन्थली नगर कमिटीका अध्यक्ष रामबाबु घिमिरे लगायतको सहभागितामा भएको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन परिचालन सम्बन्धी विभिन्न निर्णयहरु गरेको छ । बिस्तारित बैठकबाट नेकपा एकीकृत समाजवादी चिसापानीका उपाध्यक्षहरु कृष्ण रोक्का, इन्द्रबहादुर नेपाली, सचिव गणेश श्रेष्ठ र अन्य सदस्यहरु नेकपा एमाले प्रवेश गरेका छन् । बैठकमा सहभागि नेताहरुले भ्रमपूर्ण, सत्तापक्षीय र जनविरोधी प्रचारहरू भएको भन्दै त्यसविरुद्ध बहुसङ्ख्याको अभिमत प्राप्त गरी स्थानीय तहको चुनावबाट पार्टीलाई थप बलियो बनाउनेगरी लाग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
एमाले मन्थली नगरपालिका ८ नं वडा कमिटी चिसापानीको विस्तारित बैठक सम्पन्न
- प्रकाशित मिति: बुधबार, चैत्र ९ २०७८
- तामाकोशी