प्रेस चौतारी नेपाल रामेछापद्वारा प्रदेश र केन्द्रीय सदस्यलाई सम्मान

  • प्रकाशित मिति: सोमबार, चैत्र ७ २०७८
  • तामाकोशी

रामेछाप । प्रेस चौतारी नेपाल रामेछापले चौतारीका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेश सदस्यलाई सोमबार सम्मानित गरेको छ । चौतारीले जिल्ला सदरमुकाम मन्थलीमा एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षता तथा नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा चौतारीमा रामेछापबाट निर्वाचित केन्द्रीय सदस्य नवराज पथिक, यसिमा महत, वाग्मती प्रदेश सदस्य लेखबहादुर विक, पार्वती पाठक र विन्दिरा रसाइलीलाई सम्मानित गरिएको हो । कार्यक्रममा बोल्दै एमाले अध्यक्ष श्रेष्ठले राजनीतिक तथा सामाजिक क्षेत्रमा देखिएको विकृति अन्त्यको लागि पत्रकारको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
उहाँले प्रेस चौतारी नेपाल व्यवासायीक पत्रकारिताको अब्बल संगठन भएकोले बताउनुभयो । नेकपा एमाले रामेछापका उपसचिव प्रकाश कार्कीले प्रेस चौतारीको संस्थागत विकासको लागि नयाँ निर्वाचित कमिटीबाट थप सहयोग पुग्ने बताउनुभयो । उहाँले पत्रकारको पेसागत हितको लागि चौतारीले निरन्तर काम गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रम नेकपा एमाले मन्थली नगर पार्टी अध्यक्ष रामबाबु घिमिरे, नेकपा एमाले जिल्ला कमिटी सदस्य युनिक विफा घिसिङ लगायतको सहभागिता रहेको थियो ।