मन्थली, फाल्गुण २६ गते । नेपाली काँग्रेस रामेछापले चुनावी अभियानलाई तिव्रता दिएको छ । प्रवक्ता नारायणबहादुर बोगटीले विहिबार मन्थलीमा पत्रकार सम्मेलन गरेर नेपाली काँग्रेस रामेछापले चुनावी अभियानलाई तिव्रता दिएको जानकारी गराउनु भयो ।
नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको निर्देशन बमोजिम “घर-घरमा जाऔं, नेपाली काँग्रेसलाई जिताऔं” भन्ने अभियान यहि चैत्र ९ गते बाट शुरु गरी चैत्र २१ गते सम्ममा सम्पन्न गर्ने प्रवक्ता बोगटीले जानकारी गराउनु भयो । उहाँका अनुसार जिल्ला कार्यसमितिको बैठकले उपसभापति लेखबहादुर कार्कीलाई रामेछाप नगरपालिका, उपसभापति नबराज थोकरलाई खाँडादेवी गाउँपालिका, सचिव विनोद कार्कीलाई मन्थली नगरपालिका, सचिव दिपक खड्कालाई गोकुलगंगा गाउँपालिकाको संयोजक तोकिएका छन् । यसैगरी सहसचिव ध्रुव चौलागाईलाई सुनापति गाउँपालिका, सहसचिव कमल योञ्जनलाई लिखुतामाकोशी गाउँपालिका, कोषाध्यक्ष लबबहादुर थापामगरलाई दोरम्बा गाउँपालिका र प्रवक्ता नारायणबहादुर बोगटीलाई उमाकुण्ड गाउँपालिकाको संयोजकको जिम्मेबारी दिएका छन् ।
पत्रकार सम्मेलनको क्रममा प्रवक्ता बोगटीले नेपाली काँग्रेस रामेछाप जिल्ला कार्यसमितिले हालसम्म सम्पन्न गरेका बैठकहरुको बारेमा समेत जानकारी गराउनु भयो ।
चुनावी अभियानः “घर-घरमा जाऔं, नेपाली काँग्रेसलाई जिताऔं” जिम्मेवारी पाएका यि आठ पिलरहरु
- प्रकाशित मिति: बिहिबार, फाल्गुन २६ २०७८
- तामाकोशी