एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा राकेश श्रेष्ठ

  • प्रकाशित मिति: बिहिबार, फाल्गुन २६ २०७८
  • तामाकोशी

रामेछाप । नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा राकेश श्रेष्ठ चयन हुनुभएको छ । काठमाडौंमा सम्पन्न मञ्चको एघारौँ सम्मेलनले राकेश श्रेष्ठको नेतृत्वमा ५३ सदस्यीय सम्पर्क मञ्च सर्वसम्मत रूपमा चयन गरेको हो । सम्पर्क मञ्चको उपाध्यक्षमा दिवस कार्की र लक्ष्मी न्यौपाने निर्वाचित हुनुभएको छ । त्यस्तै सचिवमा प्रमोद भण्डारी (रवीन्द्र) निर्वाचित हुनुभएको छ । उपसचिवमा जीवनराज खत्री र अम्बिका बोहरा चयन हुनुभएको छ भने कोषाध्यक्षमा दिलबहादुर श्रेष्ठ चयन हुनुभएको छ । अध्यक्ष श्रेष्ठले रामेछाप–काठमाडौँ सम्पर्क मञ्चले तीनै तहको चुनावमा नेकपा एमालेका उम्मेदवारलाई जिताउने गरि काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । जसका लागि नेकपा एमालले अघि सारेका कार्यक्रम, नेकपा एमाले रामेछापको ८ औँ जिल्ला अधिवेशनले अघि सारेका दिशानिर्देश, पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनले पास गरका नीतिहरुलाई आम जनताका माझमा लैजान रामेछाप–काठमाडौँ सम्पर्क मञ्च विभिन्न योजनका साथ लाग्ने अध्यक्ष श्रेष्ठको भनाइ छ ।