रामेछाप । स्थानीय सरकारको योजना निर्माण प्रक्रिया प्रभाकारी हुन नसकेको रामेछापको नागरिक समाजको गुनासो रहेको छ । नागरिक समाज पारस्परिक जबाफदेहिता परियोजना र मानवअधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा भएको कार्यक्रमका सहभागीले सो गुनासो गरेका हुन् ।कार्यक्रमका बोल्दै प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष नवराज श्रेष्ठले स्थानीय सरकारले गरेको कामको सूचना पत्रकारलाई समेत उपलब्ध नहुने गुनासो गर्नुभयो ।
नेपाल पत्रकार महासंघ रामेछापका सदस्य मिलन विकले नगरपालिकाले गरेको कामको नगरपालिकाका जिम्मेवार अधिकारीलाई जानकारी नभएको बताउनुभयो । स्थानीय सरकारका कम प्रभावकारी नभएको भन्दै त्यसको प्रभावकारी अनुगमन हुनु पर्ने र त्यसमा नागरिक समाज र पत्रकारलाई समेत सहभागि गराउनु पर्ने सहभागीले माग गर्नुभएको थियो । कार्यक्रममा बोल्दै मन्थली नगरपालिका प्रशासन अधिकृत गोविन्द कट्टेलले नागरिक स्तरबाट आएका सुझावलाई नगरपालिकाले ग्रहण गर्ने बताउनुभयो । कार्यक्रम मानव अधकार सञ्जाल रामेछापका सदस्य विचारसिं तामाङको अध्यक्षतामा भएको थियो । कार्यक्रमा नागरिक अगुवा तथा पत्रकारले स्थानीय सरकारले गरेको कामको बारेमा जिज्ञाशा राख्नु भएको थियो ।