रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले सो गाउँ पालिकाका पञ्चेबाजा बजाउने परियार समुदायलाई बजा प्रदान गरेको छ । पालिकाका प्रत्येक वडाको एउटा समूहलाई गाउँपालिकाले पञ्चेबाजा प्रदान गरेको छ । कतिपय वडामा वडा कार्यालयमा पठाइएको बजेटबाट बाजा खरिद गरी प्रदान गरिएको छ भने कतिपयमा गाउँपालिकाले सोझै सामान खरिद गरी हस्तान्तरण गरेको छ । सोमबार सो गाउँपालिकाको वडा नं ५ गुप्तेश्वमा एक कार्यक्रम आयोजना गरी बाजा हस्तान्तरण गरिएको छ । गाउँपालिका उपाध्यक्ष उर्मिला कार्की र वडाध्यक्ष कृष्णकुमार सुनुवारले सामाग्री हस्तान्तरण गर्नुभयो ।
कार्यक्रमका बोल्दै उपाध्यक्ष कार्कीले संस्कार र संस्कृति रक्षाको लागि बाजा प्रदान गरिएको बताउनुभयो । गाउँपालिकाले कला, सिप र क्षमताको सम्मान गर्दै सामग्री प्रदान गरिएको बताउनुभयो । वडाध्यक्ष कृष्णकुमार सुनुवारले प्राप्त गरेका सामाग्रीको उचित प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले आफ्नो संस्कार र संस्कृतिको रक्षा गरिराख्न पनि आग्रह गर्नुभयो । पञ्चेबाजा बुझ्दै समूहका सदस्य गुणबहादुर नेपालीले आफूहरूले लामो समयदेखि राखेको माग गाउँपालिकाले सम्बोधन गरेको भन्दै खुसी व्यक्त गर्नुभयो ।
पञ्चेबाजा समूहलाई बाजा प्रदान
- प्रकाशित मिति: सोमबार, फाल्गुन १६ २०७८
- तामाकोशी