रामेछाप । उमाकुण्ड गाउँपालिका ७ भूजीका ज्येष्ठ नागरिक र अपाङ्ग भएका नागरिकलाई गाउँपालिकाले न्यानो कपडा वितरण गरेको छ । आइतबार वडा कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष उर्मिला कार्की र निमित्त प्रमुख प्रशासकीय अधिकृत विनीता महतले लक्षित समुदायलाई न्यानो कपडा ब्ल्याङ्केट वितरण गर्नुभएको थियो । कार्यक्रमका बोल्दै उपाध्यक्ष कार्कीले वितरण गरिएको कपडाले केही नहुने भए पनि राज्यले सम्झिने काम गरेको बताउनुभयो । यसलाई राज्यको कोसेलीको रूपमा लिइदिन उहाँले आग्रह गर्नुभयो । वडाका ६५ वर्षदेखि ७५ वर्ष उमेर समूहका तथा अपाङ्गता भएका १७ जना नागरिकलाई कपडा वितरण गरिएको थियो । सोही कार्यक्रममा पाँच जनालाई अपाङ्गता परिचय पत्र समेत वितरण गरिएको थियो ।
ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई न्यानो कपडा वितरण
- प्रकाशित मिति: सोमबार, फाल्गुन १६ २०७८
- तामाकोशी