रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले अपाङ्ता परिचयपत्र वितरणको लागि घुम्ती शिविर कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाले सो पालिकाका सबै वडामा शिविर सञ्चालन गरेर परिचयपत्र वितरण गर्न सुरु गरेको हो । सात वटा वडा रहेको सो गाउँपालिकाका प्रत्येक वडामा चिकित्सक सहितको एक दिने शिविर सञ्चालन गरिने गाउँपालिका उपाध्यक्ष उर्मिला कार्कीले जानकारी दिनुभयो । आइतबार पहिलो दिन वडा नं ७ भूजीमा परिचयपत्र वितरण गरिएको छ । गाउँमा नै आएर परिचयपत्र दिँदा आफूलाई निक्कै सजिलो भएको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् ।