रामेछाप । रामेछापमा मिस्टर एण्ड मिस मोडल अफ रामेछाप सिजन ३ र लिटिल मोडल अफ रामेछाप सिजन २ प्रतियोगिता हुनेभएको छ । जिल्लामा लुकेर रहेका प्रतिभाहरुको पहिचान गरी कला, गला, प्रतिभा र संस्कृतिको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देयले किङस्टार क्रियशन प्रा.लि सुनापतिले प्रतियोगिता गर्न लागेको विहीबार मन्थली पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । पत्रकार सम्मेलनमा किङस्टार क्रियशन प्रालिका व्यवस्थापक सुमन खड्काले प्रतियोगिताका लागि फागुन १ गतेदेखि आवेदन फारम खुलिसकेको बताउनुभयो । उहाँले फागुन १ गतेदेखि चैत २० गतेसम्म प्रतियोगिहरुलाई मन्थलीमा तयारी प्रशिक्षण प्रदान गरिने बताउनुभयो । उहाँका अनुसार जिल्लाका १४ वर्षदेखि २९ वर्षसम्मकाले मिस्टर एण्ड मिस मोडल अफ रामेछाप सिजन ३ मा र ६ वर्षदेखि १३ वर्षसम्मकाले लिटिल मोडल अफ रामेछाप सिजन २ मा सहभागि बन्न पाउँनेछन् । व्यवस्थापक खड्काले विगत तीन वर्षदेखि रामेछाप जिल्लामा यो प्रतियोगिता गर्दै आएको र पछिल्लो समय मिस्टर एण्ड मिस मोडलमा भन्दा पनि लिटिल मोडलमा सहभागिहरुको क्रेज बढेको बताउनुभयो । उहाँका अनुसार प्रतियोगिताका विजेतालाई नगद पुरस्कार सहित आकर्षक गिफ्ट ह्याम्पर तथा क्राउन ट्रफिबाट सम्मानित गरिने र उत्कृष्ट प्रतिभालाई म्युजिक भिडियो खेल्ने अवसर प्रदान गरिनेछ ।
रामेछापमा मिस्टर एण्ड मिस मोडल सिजन ३ र लिटिल मोडल अफ सिजन २ हुँदैै
- प्रकाशित मिति: बिहिबार, फाल्गुन ५ २०७८
- तामाकोशी