एमाले रामेछापका पदाधिकारीहरुको कार्य विभाजन(कसलाई कुन विभाग हेर्नुहोस्)

  • प्रकाशित मिति: मंगलबार, फाल्गुन ३ २०७८
  • तामाकोशी

रामेछाप । नेकपा एमाले रामेछाप जिल्ला कमिटीको दोस्रो पूर्ण बैठकले जिल्ला कमिटीका पदाधिकारीहरुको कार्यविभाजन समेत गरेको छ । बैठकले जिल्ला कमिटीका अध्यक्ष आनन्दकुमार श्रेष्ठलाई स्कुल विभाग र जनसंगठन समन्वय विभागको प्रमुखको जिम्मेवारी दिएको छ । त्यसैगरी उपाध्यक्ष इन्द्र बहादुर तामाङलाई स्थानीय विकास विभाग प्रमुख र सचिव पुरुषोत्तम कडरियालाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिएको एमाले रामेछापका अध्यक्ष आनन्द कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उप–सचिव प्रकाशकुमार कार्कीलाई प्रचार तथा प्रकाशन विभिाग प्रमुख, उप–सचिव होतराज ढकाललाई निर्वाचन विभिाग प्रमुख र रामप्रसाद देवकोटालाई वित्त तथा कोष व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ । बैठकले जिल्लाका दुई वटा नगरपालिका र ६ वटा गाउँपालिकाका ६४ वटै वडामा इन्चार्ज र सह–इन्चार्जको जिम्मेवारी पनि तोकेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । बैठकले जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्का अध्यक्ष रहनेगरी जिल्ला सल्लाहकार कमिटी र ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गर्ने निर्णय पनि गरेको छ । बैठकले वर्तमान गठबन्धन सरकारले आफ्नो निहित स्वार्थसँग जोडेर स्वातन्त्र न्यायपालिका माथि गरिएको ठाडो हस्तक्षेप, प्रधानन्यायाधिस माथिको महाअभियोग लगायत महंगी भ्रष्ट्रचार, बढ्दो सामाजिक विभेद, राज्यद्धारा सृर्जित विभिन्न घटनाहरुको निन्दा र भत्र्सना पनि गरेको छ ।