रामेछाप । रामेछापमा विहीबार एक जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा ८ जना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै जिल्लामा कोरोना भाइरस कोभिड–१९ को तेस्रो लहर सुरुभएपछि हालसम्म ४३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ४०४ जना कोरोना सङ्क्रमणमुक्त भैसकेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताउनुभयो । उहाँका अनुसार विहीबार रामेछाप नगरपालिकाबाट २, खाँडादेवी गाउँपालिकाबाट ३ र गोकुलगङ्गा गाउँपालिकाबाट ३ जना गरी ८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस्तै बुधबार जिल्लामा ९ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सहित अहिले जिल्लामा २७ जना सक्रिय सङ्क्रमित रहेको जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो । उहाँका अनुसार अहिले २६ जना सङ्क्रमित होम आइसोलेशनमा र एक जना संस्थागत आइसोलेशनमा बसेका छन् ।
रामेछापमा आज ८ जना कोरोना सङ्क्रमणमुक्त, १ जना सङ्क्रमित थपिए
- प्रकाशित मिति: बिहिबार, माघ २७ २०७८
- तामाकोशी