रामेछापमा आज थप ३२ जनामा कोरोना सङ्क्रमण

  • प्रकाशित मिति: सोमबार, माघ १७ २०७८
  • तामाकोशी

रामेछाप । रामेछापमा सोमबार ३२ जना कोरोना सङ्क्रमित थपिएका छन् । सोमबार थपिएका सहित अहिले जिल्लामा २४९ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत भुवन थापाले सोमबार जिल्लामा ४७ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना र २० जनाको पीसीआर परीक्षण गर्दा ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताउनुभयो । उहाँका अनुसार अहिले मन्थली नगरपालिकामा ५७, रामेछाप नगरपालिकामा ५५, उमाकुण्ड गाउँपालिकामा २१, खाँडादेवी गाउँपालिकामा २७, गोकुलगङ्गा गाउँपालिकामा १७, लिखुतामाकोसी गाउँपालिकामा २५, दोरम्बा सैलुङ गाउँपालिकामा ५ र सुनापति गाउँपालिकामा १९ जना गरी २२६ जना सक्रिय सङ्क्रमित होम आइसोलेशनमा छन् । त्यसैगरी जिल्ला अस्पतालमा १३, उमाकुण्ड गाउँपालिकामा २ र लिखुतामाकोसी गाउँपालिकामा ७ जना र सुनापति गाउँपालिकामा १ जना गरी २३ जना सक्रिय सङ्क्रमित संस्थागत आइसोलेशनमा बसेका छन् । जनस्वास्थ्य अधिकृत थापाका अनुसार जिल्लामा हालसम्म एक लाख दुई हजार ९५१ जनाले पहिलो मात्राको कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप लगाएका छन् भने ७९ हजार ७७ जनाले दोस्रोमात्राको खोप लगाएको छ ।