रामेछाप । रामेछापको मन्थली नगरपालिकाले नगरपालिकाभित्रका सवै विद्यालयलाई भौतिक उपस्थितिमा पठनपाठन नगर्न आग्रह गरेको छ । नगरपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखा कार्यलयले मंगलबार एक सूचना मार्फत पुस २८ गते बुधबारदेखि माग १५ गते सम्म भौतिक रुपमा विद्यार्थीको भौतिक उपस्थित पठनपाठन नगर्न आग्रह गरेको हो । पछिल्लो समय बढ्दै गएको कोरोना भाइरस कोभिड–१९ को ओमिक्रोन भेरियन्टको प्रभावका कारण हालै भएको सीसिएमसिको निर्णय तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सुचनालाई मध्यनजर राख्दै यही पुस २८ गते देखी माग १५ गते सम्म भौतिक उपस्थिति विना शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न आग्रह गरेको छ । नगरपालिकाले कोभिड–१९ को सन्दर्भमा विद्यालय सञ्चालन कार्यढाँचा २०७७ अनुसार हुनेगरी शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न आग्रह गरेको छ । नगरपालिकाले माथिल्ला कक्षा अनलाईनका पहुँच भएका बालबालिकाहरुलाई अनलाईनको माध्यमबाट शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न, गाउँ तथा टोलमा जोखिमको अवस्था विश्लेषण गर्दै स्वास्थ्यका मापदण्ड पालना गर्दै घुम्ति सिकाइ क्रियाकलाप सञ्चालन गर्न आग्रह गरेको छ । यस्तै विद्यालयमा गर्नुपर्ने कार्यहरु कक्षा कोठा व्यवस्थापन, बगैचा निर्माण, सिकाई सामाग्री निर्माण कम्प्युटर तालिम शैक्षिक योजना निर्माण सामाजिक परीक्षण र लेखा परीक्षण तयारी जस्ता कार्यहरु सञ्चालन गर्न नगरपालिकाले आफ्नो मातहतका सम्पुर्ण विद्यालयहरुलाई अनुरोध गरेको छ ।
भौतिक उपस्थितिमा पठनपाठन नगर्न विद्यालयहरुलाई मन्थली नगरपालिकाको आग्रह
- प्रकाशित मिति: मंगलबार, पुष २७ २०७८
- तामाकोशी