रामेछाप । नेकपा एमालेको पुस २३ गते हुने जिल्ला अधिवेशनमा नेतृत्वको लागि उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । एमाले रामेछापको अध्यक्षमा आनन्द श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको छ । वर्तमान जिल्ला सचिव आनन्द श्रेष्ठले अध्यक्ष पदकाको लागि उम्मेदवारी दिने बताउनुभयो । नेकपा एमाले आन्तरिक विवादमा परेको बेला पनि एमालेले श्रेष्ठलाई अध्यक्ष बनाएको थियो । दश बुँदे सहमति पछि पार्टी अध्यक्षमा शान्ति पौडेल एमालेमा फर्किएका कारण श्रेष्ठ पुनः पार्टी सचिव बन्नुभएको थियो । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आउनुभएका श्रेष्ठ रामेछापका शालीन नेता मानिनुहुन्छ । वर्तमान अध्यक्ष एवं बाग्मती प्रदेश सभा सदस्य शान्तिप्रसाद पौडेलले पार्टी अध्यक्ष नहुने सङ्केत दिए पछि श्रेष्ठले आफू अध्यक्षको उम्मेदवार भएको घोषणा गर्नुभएको हो । पार्टी संकटमा परेको बेलामा जिम्मेवारी लिएकोले पनि उहाँ प्रति नेता कार्यकर्ताको सहानुभूति समेत रहेको छ । पार्टी अध्यक्षमा अन्य केही नेताहरूले पनि इच्छा जाहेर गर्नुभएको छ । तर उहाँहरूले अझै औपचारिक रुपमा मुख खोल्नुभएको छैन ।
रामेछाप एमालेको अध्यक्षमा आनन्द श्रेष्ठको उम्मेदवारी घोषणा
- प्रकाशित मिति: मंगलबार, पुष २० २०७८
- तामाकोशी