माओवादीको राष्ट्रिय सम्मलेनका लागि रामेछापबाट सात जना प्रतिनिधि

  • प्रकाशित मिति: बिहिबार, पुष ८ २०७८
  • तामाकोशी

रामेछाप । यही पुस ११ देखि १३ गतेसम्म हुने नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका लागि रामेछापबाट सात जना प्रतिनिधि चयन भएका छन् । पार्टीको संगठित सदस्यको आधारमा माओवादी केन्द्रले सात जना प्रतिनिधि चयन गरेको हो । रामेछापमा माओवादीको हाल कायम रहेको ९ हजार ४२४ संगठित सदस्यबाट सात जना प्रतिनिधि चयन गरिएको नेकपा माओवादी केन्द्र रामेछापका संयोजक मैन कुमार मोक्तान(मदनल) ले बताउनुभयो । उहाँका अनुसार जिल्ला संयोजक सहित संविधानसभाका सदस्यद्धय डिल्लीमान तामाङ र लक्ष्मी गुरुङ, नेता टंकलाल घिसिङ, प्रेम कुमार कार्की, सुनिता गौतम र मदन कालीकोटे राष्ट्रिय सम्मेलनमाको लागि प्रतिनिधि चयन हुनुभएको छ ।