रामेछाप । वातावरण संरक्षण परियोजना रामेछापको कामकारबाही सन्तोषजनक रहेको सरोकारवालाहरुले बताएका छन् । परियोजनाको ३ वर्षे कार्यअबधि पुरा हुदै गर्दा गरेका कामकारबाहीको अनुगमन पश्चात सन्तोषजनक रहेको सराकारवालाहरुले बताएका हुन् ।
“काम राम्रो भाकोछ परियोजनाले गरेका कामबाट म सन्तुष्ठ छु” मन्थली नगरपालिकाकी उपमेयर मायाकुमारी कार्कीले बताउनु भयो । परियोजनाले मुहान संरक्षण, बाल क्लव गठन, वृक्षरोपण, सुख्खाक्षेत्रमा पोखरी निर्माण लगाएतका काम उत्कृष्ठ रहेको उपमेयर कार्कीको भनाई छ । मन्थली नरपालिका वडा नं. १ का कार्यबाहक वडाध्यक्ष गजेन्द्र थापाले परियोजनाद्धारा सम्पादित कामको पछिल्लो समय परिणामहरु देख्न थालेको बताउनु भयो । काम भएका छन्, बोटविरुवा हुर्कन समय लाग्छ, केहि वर्ष अगाडीको काम अहिले परिणाम देख्न थालेको उहाँको भनाई छ । परियोजनाले अबदेखि काम गर्दा वडा कार्यालय संग पनि राम्रो समन्वय गर्नु पर्ने सुझाव समेत दिनुभयो ।
मन्थली नगरपालिका वडा नं. ३ का वडाध्यक्ष केशव रोक्काका अनुसार वडासंगको सहकार्यमा धेरै देख्ने कामहरु भएको बताएका छन् । उहाँले भन्नुभयो “परियोजनाको कार्यक्षेत्र विस्तार गरेर अगाडी बढ्नुपर्ने देख्छु, परियोजनाले जनताको इच्छा आकांक्षा अनुसार काम गरेकोछ त्यसको लागि विशेष धन्यवाद दिन चाहन्छु ।”
परियोजनाले गरेका कामहरुको अनुगमन पश्चात मन्थली नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रामबहादुर कार्की, वडा नं. २ का कार्यबाहक वडाध्यक्ष जनक खत्री, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाघरे, लगाएत विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरुले समग्रतामा परियोजनाले सन्तोषजनक कार्य गरेको र यस्तो परियोजना पुनः जिल्लामा आवश्यक रहेको बताएका थिए ।
परियोजना फोकल पर्सन लव श्रेष्ठका अनुसार रामेछापमा परियोजनाको कार्य अबधी यहि डिसेम्बर अन्तिमबाट सकिने बताउनु भयो । परियोजनाले रामेछाप जिल्लाका विभिन्न स्थानीय तहहरुसंग समन्वय गरेर विगत तीन वर्षदेखि वातावरण संरक्षणको क्षेत्रमा कार्य गर्दै आइरहेको छ ।
बाँकी भिडियोबाट…..