मन्थलीमा जगदीश घिमिरे स्मृति प्रतिष्ठानको साहित्यिक सभा

  • प्रकाशित मिति: आइतबार, पुष ४ २०७८
  • तामाकोशी

रामेछाप । जगदीश घिमिरे स्मृति प्रतिष्ठानले हरेक वर्ष गर्दै आएको साहित्यिक सभा शनिबार मन्थलीमा सम्पन्न भएको छ । साहित्यकार स्वर्गिय जगदीश घिमिरेको स्मृतिमा आयोजना गरिएको सो सभामा काठमाडौंबाट आएका साहित्यकार तथा जिल्लामा नै रहेर लेख्ने साहित्य सिर्जकहरुले आआफ्ना रचना सुनाउनुभएको थियो । प्रतिष्ठानकी अध्यक्ष दुर्गा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नगेन्द्रराज शर्मा लगायतका साहित्यकारहरुको सहभागीता रहेको थियो । सोही अवसमार मन्थली नगरपालिका विद्यालय स्तरीय निवन्ध लेखन प्रतियोगिताको विजयी विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गरिएको थियो । साहित्यकार जगदीश घिमिरेको माइलोमा क्यान्सरको कारण निधन भएको थियो । उहाँको स्मरणमा रामेछापमा हरेक वर्ष साहित्य सभा हुने गरेको छ ।