सहकारीले व्यावसायीक क्षेत्रमा लगानी बढाउनुपर्छ : नगरप्रमुख बस्नेत

  • प्रकाशित मिति: शनिबार, मंसिर १८ २०७८
  • तामाकोशी

रामेछाप । रामेछापको मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले सहकारी र निजी क्षेत्रलाई कृषि र पशुपंन्छी उद्योगमा लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ । मन्थली बचत तथा ऋण सहकारी संस्थाको शनिबार मन्थलीमा भएको २४ औँ साधारण सभामा बोल्दै नगरप्रमुख बस्नेतले यस्तो कुरामा जोड दिनुभएको हो । नगरप्रमुख बस्नेतले व्यापारले मात्र प्रगति नहुने भन्दै व्यावसायीक क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । मन्थली बचत तथा ऋण सहकारी संस्थाले गएको आर्थिक वर्षमा ५८ लाख बढी खुद नाफा कमाएको छ । साधारण सभामा कोषाध्यक्ष टीका प्रासाद भट्टले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार संस्थाको शेयर पुँजी ९ करोड ६ लाख पुगेको छ । त्यस्तै बचत सङ्कलन ८२ करोड ५० लाख र ऋण लगानी ६४ करोड ३९ लाख रहेको संस्थाले जनाएको छ । संस्थाको कूल सम्पत्ति ९८ करोड ७७ लाख पुगेको छ । सहकारी संस्थामा हाल १४ हजार बढी शेयर सदस्य पुगेको संथाका सचिव गोविन्दप्रसाद घिमिरेले जानकारी दिनुभयो । सहकारीले सामाजिक क्षेत्रमा विशेष गरी स्वास्थ्य क्षेत्रमा धेरै काम गरेको उहाँले बताउनुभयो । सदस्य बीमा, दुर्घटना बीमा, स्वास्थ्य शिविर लगायतका कार्यक्रम संस्थाका नियमित कार्यक्रम रहेका उहाँले बताउनुभयो । तामाकोसी अस्पतालको सहकार्यमा बिरामीको उपचारमा छुट लगायतका कार्यक्रम पनि सञ्चालनमा रहेको उहाँले जानकारी दिनुभयो । संस्थाका अध्यक्ष ध्रुवप्रसाद सुवेदीले ११ जनाले ११ हजारबाट सुरु गरेको सहकारी १४ हजार बढी शेयर सदस्य र १ अर्ब बढी पुँजी जम्मा गर्न सफल भएको बताउनुभयो । उहाँले गत साउनमा नै एक अर्ब नजिक पुगेको संस्थाको पुँजी त्यस यत ११ करोड भन्दा बढिकसेको बताउनुभयो ।