माओवादी केन्द्र रामेछाप नगरको अध्यक्षमा मोतिलाल तामाङ

  • प्रकाशित मिति: आइतबार, मंसिर १२ २०७८
  • तामाकोशी

रामेछाप, मंसिर १२ गते । नेकपा माओवादी केन्द्र रामेछाप नगरपालिकाको नगर अधिवेशनले मोतिलाल तामाङको अध्यक्षतामा ६५ सदस्यीय नगरकमिटि चयन गरेको छ । शनिबार सम्पन्न नगर अधिवेशनले नगर कमिटी अध्यक्षमा तामाङलाई सर्वसम्मत अध्यक्षको जिम्मेवारी दिइएको हो ।
रामेछाप नगरकमिटिको अन्य पदाधिकारीहरुमा उपाध्यक्ष नरेशबाबु श्रेष्ठ, महिला उपाध्यक्ष इन्दिरा बख्रेल, उपाध्यक्ष रामविष्णु बस्नेत, सचिव निरबहादुर श्रेष्ठ, सहसचिव भिमबहादुर तामाङ, कोषाध्यक्ष सरोज कटुवाललाई जिम्मेवारी दिईएको अध्यक्ष तामाङले जानकारी दिनु भयो । उहाँका अनुसार समाबेशी सिद्धान्तलाई आत्मसाथ गरेर ६५ सदस्यीय नगरकमिटि गठन गरिएको छ ।