बागमती प्रदेशका आर्थिक मामिलामन्त्री जम्कट्टेल भोली रामेछाप आउने

  • प्रकाशित मिति: आइतबार, मंसिर १२ २०७८
  • तामाकोशी

रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेल भोली (सोमबार) रामेछाप आउने भएको छ । मन्त्री जम्कट्टेल जिल्लाको खाँडादेवी गाउँपालिकामा हुने पार्टीको गाउँ अधिवेशनका लागि रामेछाप आउन लाग्नुभएको हो ।
पार्टीको खाँडादेवी गाउँकमिटीको अधिवेशनका लागि बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेल आउने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र रामेछापका संयोजक मैनकुमार मोक्तान (मदन) ले जानकारी दिनुभयो ।
उहाँका अनुसार शनिबार र आइतबार गरी जिल्लाका आठ पालिका मध्ये ६ पालिकामा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन भैसकेका छन् ।
माओवादीले रामेछापको मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, उमाकुण्ड गाउँपालिका, दोरम्बा शैलुङ गाउँपालिका र गोकुलगंगा गाउँपालिकामा नेतृत्व चयन गरिसकेको छ । खाँडादेवी गाउँपालिकामा मंसिर १३ गते सोमबार र लिखुतामाकोसी गाउँपालिकामा १८ गते अधीवेशन गर्ने माओवादी केन्द्रका तयारी छ ।