सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा शैक्षिक भत्ता हस्तान्तरण

  • प्रकाशित मिति: बुधबार, मंसिर ८ २०७८
  • तामाकोशी

रामेछाप । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले अभिभावक गुमाएका आफ्ना बीमित बाल सदस्यलाई मासिक शैक्षिक भत्ता हस्तान्तरण गरेको छ । कम्पनीले रामेछापको खाँडादेवी गाउपालिका वडा नं ५ पकरबासका इन्द्रबहादुर विश्वकर्माको कोरोनाका कारण मृत्य भएपछि उनका छोरालाई मासिक शैक्षिक भत्ता हस्तान्तरण गरेको हो ।
कम्पनीले मृतककी श्रीमती सानु विश्वकर्मालाई ३७ हजार पाँचसय किरिया खर्च र चार महिनाको शैक्षिक भत्ता गरी ४९ हजार पाँच सयको चेक घरमै गएर मंगलबार हस्तान्तरण गरेको हो । मृतक विश्वकर्माका छोरा समर्पण रुचालले २०७५ मङ्सिर १ गते सन नेपाल लाइफ इन्स्योरेन्स मन्थली शाखामा एक लाख ५० हजारको बाल समृद्ध बीमा गराएका थिए ।
बीमित रुचालका बुबा विश्वकर्माको २०७८ असार १ गते कोरोना संक्रमणबाट ३८ वर्षको उमेरमा मृत्यु भएको थियो । अभिभावक गुमाएका आफ्ना बीमित बालबालिका सदस्यहरुलाई उनीहरुको पढाईका लागि कम्पनीको नियम अनुसार शैक्षिक भत्ता प्रदान गरिएको सन नेपाल लाइफ इन्स्योरेन्स मन्थलीले जनाएको छ । किरिया खर्च र शैक्षिक भत्ताको चेक सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड मन्थली उपशाखा कार्यालयका प्रमुख प्रमोदकुमार श्रेष्ठ, खाँडादेवी गाउँपालिका वडा नं ५ पकरबासका वडाध्यक्ष दुलसीदास श्रेष्ठले यजेन्सी म्यानेजर रमेश गेसमाली लगायत स्थानीयकोे सहभागिता मृतकका घरमै पुगेर हस्तान्तरण गरेका छन् । कार्यक्रममा सहभागिले आफन्त गुमाउदाको पीडामा थौरै भए पनि इन्स्योरेन्स कम्पनीले पीडितको घाऊमा मलम लगाइदिएको भन्दै सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडलाई धन्यवाद व्यतm गरेका छन् ।
सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडबाट बाल समृद्ध बीमा गराएका मृतक विश्वकर्माका छोरा समर्पण रुचाल अहिले १२ वर्षको भएको र अब उनले पढाइका लागि १६ वर्षको उमेरसम्म मासिक तीन हजारका दरले शैक्षिक भत्ता पाउने सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड मन्थली उपशाखा कार्यालयका प्रमुख प्रमोदकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार रुचालले अब बीमा गरायबापत तिर्दै आएका किस्ता बापतको रकम पनि मिनाहा भएको छ । एक अर्ब ४० करोड अधिक पुँजी रहेको सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो सेवा घरदैलौ मै पुर्याउने उद्देश्यले हालसम्म १५ वटा बिमा योजनाका साथ देशभर १०६ वटा शाखा तथा उपशाखाहरु विस्तार गरीसकेको छ ।