ग्लास्गोमा जलवायु परिवर्तन गराउने गतिविधि रोक्न माग

  • प्रकाशित मिति: आइतबार, कार्तिक २१ २०७८
  • तामाकोशी

विश्व जलवायु सम्मेलन भईरहेको स्कटल्याण्डको ग्लास्गो शहरमा हजारौंले प्रदर्शन गरेका छन् । जलवायु परिवर्तन गराउने गतिविधि रोक्नका लागि आवश्यक कदमहरु चाल्नु पर्ने माग गर्दै वातावरणवादी संघसंस्था र सर्वसाधारण सडक प्रदर्शनमा उत्रिएका हुन् । विश्वभर नै वातावरणको क्षेत्रमा क्रियाशील संघसंस्थाहरुले दबाव बढाईरहेको बेला ग्लास्गोमा एक लाख बढी मानिसले प्रदर्शन गरेका हुन । जुन जलवायु परिवर्तन रोक्ने अभियानमा सवैभन्दा ठूलो प्रदर्शन हो ।

प्रदर्शनका क्रममा रिभरक्लाइड शहरको सडकमा साङ्लो बनाएर उभिएका २१ जना वैज्ञानिकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेलायतका अन्य शहरहरुमा पनि जलवायु परिवर्तनको मुद्धा सम्बोधनको माग गर्दै प्रदर्शन भएका छन् । विरोध प्रदर्शनमा ऐक्यवद्धता जनाएका विश्वभरका करीब १५ हजार वैज्ञानिकहरुले पनि जलवायु क्षेत्रलाई न्याय गर्न आकस्मिक कदमहरु चाल्न ढिला भईसकेको बताएका छन् ।