एमालेले लिखुतामाकोसीमा कार्तिक २४ गते चुनाव गर्ने : अध्यक्षमा चार जनाको उम्मेदवारी

  • प्रकाशित मिति: बुधबार, कार्तिक १० २०७८
  • तामाकोशी

रामेछाप । नेकपा एमाले लिखुतामाकोसी गाउँ कमिटीको नेतृत्व चयनका लागि यही कार्तिक २४ गते बुधबार चुनाव हुँने भएको छ । सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि एमालेले मंगलबार र बुधबार साँझसम्म गरेको प्रयास असफल भएपछि निर्वाचन गर्ने निर्णय गरेको हो । अध्यक्ष, उपाध्यक्ष, सचिव र उप–सचिव गरी मेजर पाँच पदका लागि चुनवा गर्ने निर्णय भएको बताइएको छ । लिखुतामाकोसी गाउँ कमिटी अध्यक्षका लागि भीमबहादुर तामाङ, दुर्गा बहादुर श्रेष्ठ, केशरबहादुर पौडेल र शिव प्रसाद न्यौपानेले उम्मेदवारी दिनुभएको छ । उपाध्यक्षका लागि इन्द्रबहादुर बुढाथोकी, लीला बहादुर बस्नेत र दीपबहादुर गुरुङले उम्मेदवारी दिनुभएको छ भने सचिव पदका लागि राम कुमार पाण्डे,सुवास बोहरा र शेर बहादुर थापाले उम्मेदवारी दिनुभएको छ । त्यस्तै उपसचिवमा रविन्द्र पौडेल, मिङ्मार तामाङ र विनोद खड्काले उम्मेदवारी दर्ता गराउनुभएको छ । लिखुतामाकोसी गाउँ कमिटीमा रहने सदस्यहरु भने सर्वसम्मत चयन भएका छन् ।