काभ्रेका नौ स्थानीय तहमा एमालेको नयाँ नेतृत्व

  • प्रकाशित मिति: बुधबार, कार्तिक १० २०७८
  • तामाकोशी

काभ्रे । काभ्रेका १३ स्थानीय तह मध्ये नौ वटा स्थानीय तह नेकपा एमालले नयाँ नेतृत्व चयन गरेको छ । ती पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको एमाले नेता बाबुकृष्ण पन्तले जनाकारी दिनुभयो । नमोबुद्ध नगरपालिका तथा खानिखोला, रोशी र वेथानचोक गाउँपालिका बाहेक सबै पालिकाको अधिवेशन सम्पन्न भएको उहाँले बताउनुभयो । पनौती नगरपालिकामा सुरेश हुमागाईँको अध्यक्षतमा नयाँ नेतृत्व चयन भएको छ । त्यस्तै धुलिखेल नगरपालिकामा दयाराम महत, वनेपा नगरपालिकामा रत्नकुस रन्जित, पाँचखाल नगरपालिकामा बिष्णु पौडेल र मन्डनदेउपुर नगरपालिकामा शेरबहादुर डोटेल अध्यक्ष हुनुभएको छ । चौँरी देउराली गाउँपालिका अध्यक्षमा जितराम लामा, महाभारतमा जगत मोक्तान, भुम्लुमा कृष्णमान तामाङ र तेमालमा इन्द्रमान तामाङ सर्वसम्मत अध्यक्ष निर्वाचित हुनुभएको छ । नमोबुद्ध नगरपालिकाको अधिवेशन बुधबार हुँदैछ । बाँकी पालिकाको अधिवेशन कात्तिक १५ गते हुने उहाँले बताउनुभयो ।