एमाले सुनापति गाउँ कमिटीको अध्यक्षमा ज्ञान कुमार योञ्जन

  • प्रकाशित मिति: मंगलबार, कार्तिक ९ २०७८
  • तामाकोशी

रामेछाप । नेकपा एमाले सुनापति गाउँकमिटीको अधिवेशन सम्पन्न भएको छ । मंगलबार सम्पन्न अधिवेशनले ज्ञान कुमार योञ्जनलाई अध्यक्ष बनाउने निर्णय गरेको छ । योञ्जन यसअघि पनि एमाले सुनापतिको अध्यक्ष हुनुहुन्थ्यो । त्यसैगरी पदाधिकारीमा भने नयाँ अनुहार चयन भएका छन् । अधिवेशनले उपाध्यक्षमा अम्बरध्वज लामा, सचिवमा रोज ग्याबक, उपसचिवमा केशर लामा र आनन्द ग्याबलाई चयन गरेको बताइएको । अधिवेशनले ७५ सदस्यीय गाउँकमिटीको सदस्य समेत चयन गरेको बताइएको छ ।